५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

आजबाट सरकारले नै चिट्ठा खेलाउने, हरेक दिन नागरिक लखपति बन्ने

५ साउन, काठमाडौँ । विभिन्न नाममा नागरिकहरूबाट अनावश्यक कर संलकन गरेको भनेर आलोचना खेपीरहेको सरकारले अब आफैँले चिट्ठा खेलाएर नागरिकलाई लखपति बनाउने भएको छ । एउटा कार्यविधि नै बनाएर अर्थ मन्त्रालयले चिट्ठा खेलाउन लागेको हो ।

अर्थमन्त्रीका स्वकीय उपसचिव नवीन ढुंगानाले अब हरेक दिन एक जना नेपाली लखपति र महिनामा दुई जनालाई बम्परमा १०–१० लाख रूपैयाँ बाँडिने बताएका छन । उनले सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउन लागेको बताए ।

मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउने ढुंगानाले बताएका छन ।

चिट्ठामा सहभागी हुन १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछन । उक्त बिल नम्बर नै लखपति बनाउने नम्बर हुने अर्थ मन्त्रालयले जनाएको छ । हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिने बताइएको छ । बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यन्वयनबारे मन्त्रालयले कार्यविधि बनाएर लागू गरेको छ ।

यस्तो छ कार्यविधि

 

प्रकाशित मिति : July 21, 2026 at 8:10 am