२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

प्रधानमन्त्री बालेनले आज सेयर बजारका प्रमुख व्यक्तिसँग छलफल गर्दै

४ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया सहभागी हुनेछन् ।

dainiki.com

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कपुँजीबजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागी हुनेछन् । बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाइएको छ ।

प्रकाशित मिति : July 20, 2026 at 11:25 am