यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
४ साउन, काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ५६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७० रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले काठमाडाैंको सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : July 20, 2026 at 9:39 am





