१५ पुष २०८२, मंगलवार | Wed Dec 31 2025

कृषि मन्त्रालयको कामप्रति प्रधानमन्त्री असन्तुष्ट, कामलाई तीव्रता दिन निर्देशन

१२ फागुन, काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कामप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आवश्यक्ताअनुसार कृषि उत्पादनको काममा तीव्रता दिन मन्त्रालयलाई निर्देशन दिए ।

आईतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल गर्दै उनले कृषि उत्पादनकाे आवश्यक्ता अनुसार प्रगति नभएको भन्दै चिन्ता पनि व्यक्त गरे । ‘केही नभएको होइन् तर हाम्रो प्रगति आवश्यक्ता अनुरुप हुन सकेन ।

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । प्रधानमन्त्री ओलीले मुलुकमा खाद्य अभाव नरहेको दावी समेत गरे ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले  मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार १७:१६