३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, दश उद्योगको लाइन काटियो

३ साउन, काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् । विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा रु ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिए । देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्यागको रु ८८ करोड बक्यौता थियो ।

dainiki.com

दश उद्योगको लाइन काटियो
सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको विजुलीको लाइन काटिएको छ । कन्टिनेन्टल ग्रुपका दुई उद्योगको रु चार करोड बक्यौता छ ।

प्रकाशित मिति : July 19, 2026 at 2:18 pm