३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण

३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ ।  पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे प्रशिक्षण दिइएको विभागका प्रमुख सचिव पद्मा अर्यालले बताइन् ।

संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम र अधिकारका साथै संसदीय समितिहरूको अधिकार क्षेत्र र समितिमा उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रकाशित मिति : July 19, 2026 at 12:56 pm