पोखरामा सीजी मोटर्सको मल्टि–ब्राण्ड आउटलेट सञ्चाल, एउटै छानामुनि आयोन, एक्सपेङ र डायन
३ साउन, काठमाडौँ । नेपालमा आयोन, एक्सपेङ र डायन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सीजी मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रि भिम कार्कीद्वारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकहरुले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन् ।
उपत्यकावाट वाहिर पनि नविन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सीजी मोटर्सको प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ । यो विस्तारले नेपालमा स्मार्ट दियो र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढीरहेको यात्राको महत्वपूर्ण कदम हो ।
कार्यक्रममा पश्चिमाञ्चल अटोमाबाइल्स डिलर्स एशोसियनका अध्यक्ष दिपेन्द कोईरालाले सीजी मोटर्सले उपत्यकाबाट वाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा विक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक अनुभव गर्नेछ । सीजी मोटर्स ले गुणस्तरीय सेवा र दिर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोमा कार्यक्रमका प्रमुख अतिथी मा मन्त्रि भिम कार्कीद्वारा सीजी मोर्टसलाई विशेष धन्यवाद ज्ञापन गरे ।
देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सीजी मोटर्सले ग्राहकहरुको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चता प्रदान गर्दै आईरहेको छ । यो व्यापक चाजिङ पुर्वाधारले सीजी मोटर्सलाई नेपालको सबै भन्दा विश्वनिय र भरपर्दो ईभी प्रदायकहरु मध्ये एक मात्र कम्पनीको रुपमा स्थापित गरिएको कार्यक्रमका सभापति सीजी मोटर्सका सहायक महाप्रबन्धककञ्चन सिलवालले बताए ।
करिब १५० भन्दा ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्ताहरुलाई सवारी साधनको साँचो हस्तान्तरण गर्दै सीजी मोर्टसले उपत्यकता बाहिर पनि आफ्नो शाखा विस्तारको अभियानको शुरुवात गरेको छ ।
प्रकाशित मिति : July 19, 2026 at 11:48 am





