१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन उच्च अंकले बढ्यो नेप्से

१ साउन, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ।  शुक्रबार नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेको छ।

यस दिन ३३५ कम्पनीकाे ५८ हजार ९४ पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको सेयरमा सकारात्मक सर्किट लागेकाे छ। सो कम्पनीको सेयरमूल्य यस दिन १२५ रुपैयाँ ७० पैसा बढेर ९६३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।  १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : July 17, 2026 at 3:26 pm