नेशनल हाइड्रोपावरको साधारण सभा साउन २२ गते बस्ने, यस्ता छन् एजेण्डा
१ असार, काठमाडाैं। नेशनल हाइड्रोपावरको साधारण सभा साउन २२ गते बस्ने भएको छ । कम्पनीको गत असार ३२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा साउन २२ गते अमृत भोग क्याटेरिङ्ग कालिकास्थान काठमाडाैंमा बिहान ८ः३० बजे बस्नेछ । यसअघि असार ३१ मा बस्ने भनिएपनि गणपुरक संख्या नपुगेका कारण कम्पनीको सभा स्थगित भएको थियो ।
सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरिने प्रस्ताव रहेको छ । साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायका वित्तीइ विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।
यसका साथै संचालक समितिमा एकजना महिलासहित ७ जना संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले गत असार १६ गते नै बुकक्लोज गरिसकेको छ । यसकाे अर्थ असार १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।
प्रकाशित मिति : July 17, 2026 at 1:32 pm





