१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

‘मास्टर्नी’ चलचित्रको विवादित गीत हटाउन शिक्षक महासंघको माग

१ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रमा समावेश एक गीत हटाउन माग गरेको छ । ‘मास्टर्नी’ चलचित्रको प्रमोसनल गीतप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले महिला शिक्षकप्रति लक्षित शब्द अमर्यादित भएको ठहर गरेको छ ।

महासंघको राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारात्मक गीतले विशेषगरी महिला शिक्षकलाई अमर्यादित रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ। महासंघले विज्ञप्तिमा भनेको छ, ‘उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ।’

महासंघले गीतको सार्वजनिक प्रसारण तत्काल रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ। गीतलाई निरन्तर प्रसारण गरिए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थिति तथा परिणामको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।

प्रकाशित मिति : July 17, 2026 at 11:51 am