कतिमा भयो एभरेष्ट कलरको पहिलो कारोबार ?
१ साउन, काठमाडौं । स्पेशल प्रि ओसन सेसनमा एभरेष्ट कलरको सेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता २९६ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।
प्रकाशित मिति : July 17, 2026 at 11:05 am





