निर्धन उत्थान लघुवित्तको सीईओमा नारायण बहादुर कार्की नियुक्त
१ साउन, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण बहादुर कार्की नियुक्त भएका छन्। कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ निवासी कार्कीलाई नियुक्त गरेको हो।

उनलाई साउन १ गतेदेखि २ वर्ष पहिलो कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : July 17, 2026 at 10:45 am





