३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

राष्ट्रिय परिचयपत्र नभए पनि अब खाता रोक्का नहुने

३२ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकको विवरण राष्ट्रिय परिचयपत्रसँग जोड्ने प्रक्रियालाई थप व्यवस्थित बनाएको छ। केन्द्रीय बैंकले आज जारी गरेको सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र आफ्ना खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्नेछ।

राष्ट्रिय परिचयपत्र लिन नसकेका नेपाली नागरिकहरूको हकमा बैंकहरूले ग्राहक पहिचान अपडेट गराउनका लागि हरेक ६/६ महिनामा मोबाइल एप वा अन्य माध्यमबाट जानकारी (नोटिफिकेशन) मात्र पठाए पुग्ने परिपत्रमा उल्लेख छ । परिचयपत्र नभएकै आधारमा खाता रोक्का नहुने भएको छ ।

dainiki.com

त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय नागरिक तथा १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूको हकमा राष्ट्रिय परिचयपत्र बिना नै अन्य आवश्यक सरकारी कागजातका आधारमा बैंक खाता खोल्न र चलाउन पाइने भएको छ ।

साथै, विदेशमा बस्ने नेपालीहरूले उतैबाट अनलाइन खाता खोल्न चाहेमा राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ । उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र विवरण बुझाए पुग्ने भएको छ ।

प्रकाशित मिति : July 16, 2026 at 2:06 pm