३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

लाभांश प्रस्ताव पारित गर्दै युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

३१ असार, काठमाडाैं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । बुधबार काठमाडाैंकाे भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा कम्पनीकाे सभा सम्पन्न भएको हाे ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। साथै, सञ्चालक समितिबाट प्रस्तुत गरिएका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन भएका छन्।

सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

 त्यस्तै, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ। सम्बन्धित निकायको स्वीकृति लिएपछि बोनस शेयर जारी गरिने र त्यसपछि कम्पनीको जारी तथा चुक्तापूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : July 15, 2026 at 4:34 pm