नेप्सेमा १४ अंकको सुधार, कारोबार रकममा भने गिरावट
३१ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक १४.०० अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको छ। बुधबार १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। आज ३६२ कम्पनीको ३८ हजार ८३६ पटकको कारोबारमा ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको ८४ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य यस दिन सर्वाधिक ९.२० प्रतिशत बढेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ७.३२ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३ शीर्ष स्थानमा रहेको छ। यस दिन ४४ करोड १० लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ।
प्रकाशित मिति : July 15, 2026 at 3:19 pm





