३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा

३१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आज बिहान मन्त्रिपरिषद बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

एमाले नेता यामलाल कँडेलले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री थिए । आफूहरूले सामूहिक रूपमा राजीनामा दिइसकेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले  बताए।

कर्णालीमा कांग्रेसका घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढा मन्त्री थिए। कर्णालीमा ७ सदस्यीय मन्त्रिपरिषद रहेको छ। जसमा कांग्रेसबाट ४ र एमालेबाट ३ जना मन्त्री थिए।

प्रकाशित मिति : July 15, 2026 at 10:29 am