३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

सूर्योदय वोमी लघुवित्तको ३० हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने

३१ असार, काठमाडौं। सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

 लगानीकर्ताले आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : July 15, 2026 at 9:21 am