४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उदयपुरमा भएको ट्रयाक्टर दुर्घटनामा ३ जनाको मृत्यु, २ जना घाइते

१४ चैत, काठमाडौँ । उदयपुरमा भएको ट्रयाक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा २ जना घाइते भएका छन । उदपयुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका–११, गहुँबारीमा बुधबार बिहान दुर्घटना हुँदा २ को घटनास्थलमा नै ज्यान गएको थियो भने एक जनाको उपचारका क्रममा वैयोधा हस्पिटल बल्खु काठमाडौँमा ज्यान गएको हो ।

सिद्धिचरण राजमार्गअन्तर्गतको कटारी–घुर्मी सडकखण्डको गहुँबारीमा ना ६ ख ३२३१ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा चालक बारा जिल्ला अम्लेसगन्ज–४, का २३ वर्षिय पूर्णप्रसाद खनाल र मकवानपुर जिल्ला नामाटारका ३१ वर्षीय सरोज मोक्तानको घटनास्थलमा ज्यान गएको हो ।  दुर्घटनास्थलमा घाइते बारा निजगढका १७ वर्षीय अभिषेक श्रेष्ठको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार २०:०१