३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकममा वृद्धि

 ३० असार, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेमा यस दिन सामान्य सुधार देखिएको छ। मंगलबार १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३८३ कम्पनीकाे ५३ हजार ८५४ पटकको कारोबारमा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ८२ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य यस दिन सर्वाधिक १०.२२ प्रतिशत बढेको छ। ७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० को मूल्य यस दिन सर्वाधिक ९.६८ प्रतिशत घटेको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : July 14, 2026 at 3:23 pm