प्रतिनिधि सभामा २० मिनेट बसेर निस्किए रवि–बालेन
३० असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् ।
प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरी करिब २० मिनेट बसेर बाहिरिएका हुन् । बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालसँग छलफल गरेका थिए ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका थिए । तर उनी जवाफ नदिई बाहिरिएका हुन् ।
प्रकाशित मिति : July 14, 2026 at 2:35 pm





