३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

रवि–बालेन संसद्‌मा पुग्दा नियम उल्लंघन गरेको भन्दै एमालेले माग्यो रुलिङको माग

३० असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै रुलिङको माग गरेको छ ।

एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड छ मा भएको व्यवस्था प्रधानमन्त्री शाह र सभापति लामिछानेले उल्लंघन गरेको बताए । बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली बोलिरहेको बेलामा बालेन र रवि सदनमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : July 14, 2026 at 2:03 pm