प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से
३० असार, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.९८ अंकले घटेर २५६९.२० विन्दुमा झरेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५२ स्टकको ६० पटकको कारोबारमा ७ लाख ८३ हजार ५०५ रुपैयाँ ७० पैसाबराबरको १ हजार १८३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : July 14, 2026 at 10:57 am





