३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

रिलायन्स स्पिनिङ मिल्सको ७ लाख ७० हजार कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुँदै

३० असार, काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्सको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ । योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको कम्पनीको ७ लाख ७० हजार ६४० कित्ता सेयरको लक इन अवधि भदौ १ गते समाप्त हुन लागेको हो ।

कम्पनीको जारीपूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने कुल १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयरमध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरी बाँडफाँड गरिएको थियो ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार सूचीकरण भएको मितिले ६ महिनासम्म योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको सेयर लक इनमा रहने व्यवस्था रहेको छ ।

सोहि व्यवस्थाबमोजिम योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको कम्पनीको सेयरको लक इन अवधि भदौ महिनामा समाप्त हुन लागेको हो । लकइन अवधि समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।

प्रकाशित मिति : July 14, 2026 at 10:42 am