नेप्से घट्ने क्रम जारी, कारोबार रकम भने बढ्यो
२९ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबारको दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक ३०.६० अंक घटेर २५७०.१८ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम बढेको छ। यस दिन ३६८ कम्पनीहरूको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज १३ वटै उपसमूहको परिसूचक घट्दा २२ कम्पनीको सेयरमूल्य बढेको छ भने २४९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस दिन ४ कम्पनीकाे सेयर मूल्य भने स्थिर रहेकाे छ ।
यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.३७ प्रतिशत बढेको छ। त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ११.२८ प्रतिशत घटेको छ। यस दिन एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८ शीर्ष स्थानमा रहेको छ। यस दिन ४८ करोड ४६ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको हो।
प्रकाशित मिति : July 13, 2026 at 3:26 pm





