१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उत्तर कोरियाका नेता किम जोंग र अमेरिकी राष्ट्रपति ट्रम्पको नक्कल गर्नेलाई देश निकाला गर्ने धम्की

१२ फागुन, काेरीया । उत्तर कोरियाका नेता किम जोंग–उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जस्तै देखीने हावर्ड एक्स र रसेल ह्वाइट पक्राउ परेका छन् । उनिहरूलार्इ किम जोंग र ट्रम्प जस्ताे बनेर हिडेकामा भियतनामको पुलिसले देश निकाला गरिदिने धम्की दिएको छ ।

किम जोंग–उन जस्तै देखिने हावर्ड एक्स र ट्रम्प जस्तै देखिने रसेल ह्वाइटले हनोईमा नेताबीचको ‘भेटवार्ता’ को अभिनय गरेका थिए । पछि दुबैलाई पुलिसले रिहा गरेको छ । दुबैले समाचार एजेन्सी एएफपीलाई आफूहरुदाई देश निकाला गरिदिने धम्की दिएको जानकारी दिएका छन् ।

किम जोंगको नक्कल गर्ने हावर्ड एक्स हंगकंगमा बस्छन् । उनले एएफपीसँग भने, ‘पुलिसले हामीलाई नक्कल गर्न नरोके देशबाट बाहिर निकालिदिने धम्की दिएका छन् ।’हावर्ड र ह्वाइटले राजधानीमा एक नक्कली शिखर सम्मेलनमा भाग लिएको देखाएका थिए र संवाददातासँग आफूहरु उद्देश्य उत्तर कोरियाको परमाणु महत्वाकांक्षालाई कम गर्ने बताएका थिए ।

एक हप्तापछि अर्थात् फेब्रुअरी २७–२८ मा किम जोंग–उन र डोनल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा दोस्रो भेटवार्ता हुँदैछ ।बीबीसी

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार ०८:४३