२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

अधिक तरलता व्यवस्थापन गर्न आज १५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२९ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको हो।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

dainiki.com

यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार २९ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

प्रकाशित मिति : July 13, 2026 at 10:50 am