२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

जनउत्थान लघुवित्तकाे सीईओ रायकाे राजीनामा स्वीकृत, निमित्त सिईओमा बराली नियुक्त

२९ असार, काठमाडौं ।  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल कुमार रायकाे राजीनामा स्वीकृत भएको छ । रायले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट दिएको राजीनामा २७ गते बसेको संचालक समितको २४६ औं बैठकबाट साउन १ गते देखि लागु हुने गरी स्वीकृत भएको हो ।

dainiki.com

साथै, सोही बैठकबाट मिति साउन १ गते देखि नै लागु हुने गरी यस वित्तीय संस्थाका विभागिय प्रमुख इन्द्र बरालीलाई निमित प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेबारी दिने निर्णय गरेको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : July 13, 2026 at 10:33 am