एडिलेडमा मनाईयो आदिकवि भानु भक्तको जयन्ती
एडिलेड (अस्ट्रेलिया) । एडिलेडमा २१३औँ भानुजयन्ती कविता वाचन गरेर मनाईएको छ ।
स्थानिय मिचेल पार्क कम्युनिटी हलमा आयोजित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
एडिलेडमा साहित्यिक शृङ्खलाहरु संचालन गर्दै आएको साहित्य अनुरागी एडिलेडको आयोजनामा १९औँ शृङ्खलाअन्तर्गत भानुजयन्ती मनाइएको हो ।
कार्यक्रममा साहित्यकारहरुले आदिकवि नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानबारे चर्चा, मातृभुमीको वर्तमान अवस्था र प्रवासी जिवन माथी आ–आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो ।
देवराज कँडेलले सञ्चालन गर्नुभएको कार्यक्रम साहित्यकारहरु श्रीकृष्ण माझी, सुपक अधिकारी, रामकृष्ण शर्मा, नवीन कँडेल, प्रकाश पौडेल, क्षितिज सापकोटा, पुष्कर कोइराला, आरजू गिरी र कुमाराज सुवेदीले आफ्नो रचना वाचन गर्नु भएको थियो । भने टिकाराम रेग्मीले लघु कथा सुनाउनु भएको थियो ।
नेपालबाट अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको समेत सहभागिता रहेको कार्यक्रमका लागि साहित्य अनुरागी एडिलेडलाई एडिलेड नेपालले सहयोग गरेको थियो भने सहभागी मध्य तिन जनालाई नेपाली बुक्स अस्ट्रेलियाबाट सौजन्य स्वरुप प्राप्त पुस्तक गोला प्रथाबाट बितरण गरिएको थियो ।
प्रकाशित मिति : July 13, 2026 at 5:00 am





