२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

सेयर बजारका सबै सूचक घटे, परिसूचक २६०१ बिन्दुमा

२५ असार, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.६७ अकंले घटेर २६०१.९२ बिन्दुमा कायम भएको छ । आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १२.६८ प्रतिशत बढेको छ। बिओके डिबेञ्चर २०८६ क को मूल्य यस दिन सर्वाधिक ८.६६ प्रतिशत घटेको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : July 9, 2026 at 3:23 pm