९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह

२४ असार, काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सले बीमितहरूलाई केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। नेपाल बीमा प्राधिकरणबाट जारी सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तामा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२ बमोजिम बीमितलाई केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।

यसका लागि आवश्यक कागजात सहित नजिकको शाखा वा उपशाखा कार्यालयमा उपस्थित भई वा कम्पनीको वेबसाइटबाट फाराम डाउनलोड गरी भरेर इमेल मार्फत वा ह्वाट्सएपमा पठाएर पनि अद्यावधिक गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : July 8, 2026 at 6:10 pm