२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

मौद्रिक नीतिले पनि बढाउन सकेन बजार, ३० अंकले घट्याे नेप्से

२४ असार, काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको थियो। मौद्रिक नीतिमा लचिलो नीतिहरुको अपेक्षा गरिरहेका लगानीकर्ताले खासै कुनै परिवर्तन र बजारलाई टेवा पुग्ने कुनै नीति नपाएपछि यस दिन बजार घट्न पुगेको हो।

यस दिन नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा झरेको छ।  नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३६२ कम्पनीकाे ७७ हजार ६२७ पटकको कारोबारमा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको ८४ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २४७ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको हो ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १३.४१ प्रतिशत घटेको छ। यस दिन ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ काे सर्वाधिक काराेबार भएकाे छ। यस दिन ६२ करोड ३९ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ।

प्रकाशित मिति : July 8, 2026 at 3:28 pm