२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

२४ असार, काठमाडौं । सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए ।

dainiki.com

उनको त्यही अभिव्यक्तिका कारण पक्ष विपक्षमा बहस हुँदा प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित पनि भएको थियो । १५ मिनेट स्थगित भएपछि बसेको बैठकमा सभामुखले सांसद राईको सबै अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : July 8, 2026 at 12:44 pm