पोखरा र समृद्धि फाइनान्सबीच शुक्रबारदेखि एकीकृत कारोबार सुरू हुने
२४ असार, काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिएर आगामी शुक्रबारदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आगामी असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरू हुने जानकारी दिएको हो ।

दुवै संस्थाको सञ्चालक समितिको निर्णय र नियामक निकायको स्वीकृति पश्चात् अब यी दुई संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट राष्ट्रिय स्तरको वित्तीय संस्थाको रूपमा सञ्चालन हुनेछन् ।
मर्जर पश्चात् साविकका दुवै संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व नयाँ बन्ने संस्था (पोखरा फाइनान्स लिमिटेड) मा सर्ने सूचनामा उल्लेख छ । दुवै संस्थाबाट हुँदै आएका सम्पूर्ण वित्तीय कारोबारहरू अब असार २६ गतेदेखि एकीकृत रूपमा सञ्चालन हुनेछन् ।
प्रकाशित मिति : July 8, 2026 at 9:47 am





