प्रधानमन्त्री ओलीको जन्मदिनः आँपको विरूवा रोप्नेदेखि शुभकामना ग्रहणसम्म (फोटोफिचर)
११ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सव भव्य रूपमा मनाएका छन । जन्मोत्सवका अवसरमा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आँपको विरूवा रोपेका प्रधानमन्त्रीले दिउँसभर नै पार्टीका नेता कार्यकर्ताको तर्फबाट शुभकामना ग्रहण गरे । अपरान्ह प्रधानमन्त्री विवासमा शुभेच्छुक र कार्यकर्ताका लागि शुभकामना दिने कार्यक्रमनै बनाइएको थियो ।

ओलीले बिहानै बालुवाटारमा परिसरमा प्रधानमन्त्री स्थानीय नसर्रीबाट ल्याएको आँपको विरुवा रोपेका थिए । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी थिइन । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।

प्रधानमन्त्री ओलीलाई नेकपाका सबैजसो नेता कार्यकर्ताले शुभकामना दिएका छन । फेसबुकमा प्रधमनमन्त्री ओलीको नाममा हजारौँ शुभकामना सन्देश पोष्ट भएको छ । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार १८:५०












