नेपाली टेनिस क्लब अष्ट्रेलियाले गर्यो खेलाडीहरुको सम्मान
एडिलेड । नेपाली टेनिस क्लब अष्ट्रेलिया (NTCA) को आयोजनामा एडिलेडमा सम्मान तथा रात्री भोज कार्यक्रम सम्पन्न भएको छ । क्लबद्धारा गत २०२५/०२६ मा आयोजित लिगमा बिजयी सहित बिभिन्न बिधामा खेलाडीहरुको सम्मान गरिएको थियो ।
क्लबद्वारा आयोजित ‘NTCA Singles League 2025’ को ‘उदयमान खेलाडी’ (Emerging) विधामा दिपेश कुँवर विजेता बन्न सफल भए भने रमेश अधिकारी र सुदिप भण्डारी उप-विजेता घोषित भए। यस्तै, ‘सिनियर’ तर्फ भेष थापा र कृष्ण गुरुङले संयुक्त रुपमा उपाधि हात पार्दा बलराम भण्डारी उप-विजेता बने।
यसैगरी, ‘NTCA Doubles Tournament 2026’ को राजु के.सी. र दिलिप तामाङको जोडीले प्रथम स्थान हासिल गर्दै उपाधि चुम्यो। उक्त प्रतियोगितामा बल्लु भण्डारी र कुमार ढकालको जोडी दोस्रो (उप-विजेता) तथा नबिन कडेल र रेशम गुरुङको जोडी तेस्रो स्थान हासिल गर्न सफल भए। खेल अवधिभर उत्कृष्ट खेल भावना प्रदर्शन गरेबापत उमेश बुढाथोकी र सुदिप भण्डारीको जोडीलाई ‘फेयर प्ले अवार्ड’ प्रदान गरियो।
खेलाडीहरूको उत्साह बढाउन क्लबले विभिन्न ७ वटा विधामा मनोनयन सार्वजनिक गर्दै उत्कृष्ट खेलाडीहरूलाई अवार्ड प्रदान गरेको छ।
जसअन्तर्गत ‘Emerging Player of the Year’ को उपाधि सौरभ बिडारीले जितेका छन्। निकै प्रतिस्पर्धात्मक मनोनयनमा परेका अन्य खेलाडीहरूलाई पछि पार्दै मोहन श्रेष्ठले ‘Most Improved Player’ को अवार्ड हात पारे। खेल मैदानमा सबैलाई ऊर्जा दिने खेलाडीका रूपमा दिपेश कुँवरलाई ‘Most Inspiring Player’ तथा खेलप्रति निरन्तर प्रतिबद्ध रहेका बल्लु भण्डारीलाई ‘Most Dedicated Tennis Player’ को अवार्ड प्रदान गरियो।
त्यस्तै, क्लबलाई निरन्तर सहयोग पुर्याएबापत लोकन गुरुङलाई ‘Club Volunteer of the Year’ र खेलमा अनुशासित र भद्र व्यवहार देखाएबापत उमेश बुढाथोकीलाई ‘Best Sportsmanship’ को उपाधि सुम्पिइयो। समग्र क्लबमा उत्कृष्ट र महत्त्वपूर्ण योगदान दिएबापत भेष थापा यस वर्षको ‘Outstanding Contribution (Valuable Player)’ अवार्डबाट सम्मानित भए।
यसैगरी क्लबका संस्थापक अध्यक्ष सुपक अधिकारीलाई स्थापनामा गर्नु भएको योगदानका कदर गर्दै सम्मान गरिएको थियो । सम्मान पछि कार्यक्रमलाइ सम्बोधन गर्दै अधिकारीले स्थापनाकालका आफ्ना अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा क्लबका सल्लाहकार समेत रहनु भएका मुख्य स्पोन्सर लोनसोलुसनका निर्देशक अशोक अधिकारीले क्लबको स्थापना देखी नै सहयोग गर्दै आएको बताउदै क्लबको प्रगति र बिकासले आफुलाई खुशी लागेको र सहयोग निरन्तर रहने बताउनुभयो ।
क्लबका उपाध्यक्ष नबिन कडेलको सभापतित्व र पव्लिक अफिसर सुरेन्द्र रेग्मीले संचालन गर्नु भएको कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्का, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक थीर गुरुङ, एडिलेड नेपाली समाजका अध्यक्ष श्याम दहाल, फेन्का साउथ अष्ट्रेलिया संयोजक पुष्कर कोइराला, संस्थापक अध्यक्ष सुपक अधिकारी, म्यारियन टेनिस क्लबका पुर्व अध्यक्ष नेइगेल डाली सहित क्लबका पदाधिकारीहरुले सम्मानितहरुलाई माया चिनो प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो ।
स्थानिय फ्रेस चुलो रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य क्लबका सचिव बलराम भण्डारीले राख्नु भयो थियो । एडिलेड नेपाली विद्यालयका विद्यार्थी सहित क्लब परिवारका सदस्यहरुले नाचगान प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बर्ष २०२६/०२७ का लागि क्लबको टि सर्ट क्लबका उपाध्यक्ष नविन कडेल, सल्लाहकार अशोक अधिकारी, सचिव बलराम भण्डारी र कोषाध्यक्ष राजु केशीले सार्वजनिक गर्नु भएको थियो ।
प्रवासमा रहेर पनि नेपाली समुदायबीच खेलकुदको विकास, आपसी भाइचारा र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न क्लबले खेल्दै आएको भूमिकाको स्थानीय खेलप्रेमीहरूले प्रशंसा गरेका छन्

प्रकाशित मिति : July 7, 2026 at 5:53 pm





