६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा तय हुने

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत सेयरधितो कर्जासम्बन्धी व्यवस्थामा महत्वपूर्ण नीतिगत संकेत गरेको छ।  राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै  संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा निर्धारण गर्ने व्यवस्था गरेकाे जनाएकाे छ ।

धितोपत्रको दोस्रो बजारमा कारोबार भएको मूल्यका आधारमा सेयर धितो कर्जा लिने हालको व्यवस्थालाई अब संस्थाको सबलता अनुसार दिने केन्द्रीय बैंकले जनाएको छ ।हाल सेयरको प्रचलित बजार मूल्य वा १८० दिनको औसत मूल्य जुन कम हुन्छ त्यसकै आधारमा कर्जा दिने अभ्यास छ । बैंकहरूले यसरी कायम हुन आउने मूल्यको ७० प्रतिशतसम्म कर्जा दिने गरेका छन् ।

dainiki.com

कर्जाको सुरक्षण स्वरुप व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न, रुग्ण उद्योगमा रहेका निष्कृय कर्जाको व्यवस्थापन गर्न, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न, संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने एवम् सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजिकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : July 7, 2026 at 5:30 pm