२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौद्रिक नीति सार्वजनिक, निजी क्षेत्रको कर्जा ११ प्रतिशत बढाउने लक्ष्य

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यस्तै मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ ।

मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बताए । बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना र समायोजन गर्न सहज व्यवस्था आगामी आवको मौद्रिक नीतिले गरेको पौडेलले बताए ।

dainiki.com

बैंक तथा वित्तीय संस्थाको लागत घटाउन आवश्यक व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ । बैंकले ब्याजदर करिडोर अन्तर्गतका दरहरूमा कुनै परिवर्तन गरेको छैन । नीतिगत दर, स्थायी निक्षेप संकलन सुविधा दर र बैंक दरलाई यथावत राखिएको छ ।

यसैगरी, अनिवार्य नगद मौ र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई पनि निरन्तरता दिएको छ । स्थायी तरलता सुविधा सम्बन्धी प्रावधानमा पनि कुनै हेरफेर गरिएको छैन ।

प्रकाशित मिति : July 7, 2026 at 4:10 pm