२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

सेयर बजारका सबै सूचक बढे, कारोबार रकममा पनि सुधार

२३ असार, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। मंगलबार २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

 मंगलबार नेप्से परिसूचक २४.५७ अंक बढेर २६५१.६८ विन्दुमा पुगेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३५२ कम्पनीकाे ७२ हजार २२ पटकको कारोबारमा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँबराबरको ९५ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन कालंगा हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेकाे छ।  यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० काे सर्वाधिक काराेबार भएकाे छ। यस दिन कम्पनीकाे २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।  यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।

प्रकाशित मिति : July 7, 2026 at 3:21 pm