२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मल्टीपर्पस फाइनान्सको ३० हजार कित्ता सेयर बिक्रीमा

२३ असार, काठमाडौं। मल्टीपर्पस फाइनान्सले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले ३० हजार ५६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

 सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

dainiki.com

यसरी आवेदन दिदा के कति कित्ता सेयर खरिद गर्न चाहने हो उल्लेख गरी आवेदन दिनु पर्नेछ । साथै, निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : July 7, 2026 at 9:15 am