कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसदले मागे गृहमन्त्रीको जबाफ
२२ असार, काठमाडौं । कर्णाली दुर्घटना र त्यसको उद्धारबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले गृहमन्त्री सुधन गुरुङसँग जवाफ माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जबाफ माग गरेका हुन् ।

सांसद प्रसाईंले नागरिकको जीवनभन्दा ठूलो सम्पत्ति र प्राथमिकता राज्यको अरू हुन नसक्ने उल्लेख गर्दै हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाए। ‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गम भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ?’ प्रसाईंले भने, ‘के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरबाही भएको साँचो हो ?’
प्रकाशित मिति : July 6, 2026 at 1:56 pm





