जागिरकाे खाेजीमा हुनुहुन्छ ? उपकार लघुवित्तमा रोजगारीको अवसर
२२ असार, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागिर खुलेको छ। कम्पनीले विभिन्न पदहरूमा कर्मचारी माग गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।
कम्पनीले अधिकृत श्रेणीको अधिकृत र कनिष्ठ अधिकृत पदमा तथा सहायक श्रेणीको कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

अधिकृत श्रेणीको दुवै पदमा लागि स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनीको पदमा कम्तीमा २ वर्ष काम गरेको र सहायक श्रेणीको दुवै पदका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा छ महीना काम गरेको हुनुपर्छ भने प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि भने अनुभव नचाहिने कम्पनीले जनाएको छ।
इच्छुकले सूचना प्रकाशित मिति असार २२ गतेदेखि १५ दिनभित्र आवाश्यक कागजातसहित इमेल ठेगानामार्फत वा कम्पनीको बेवसाइटको करियरभित्र रहको एप्लाई फर्ममार्फत् आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 6, 2026 at 11:55 am





