अभियान लघुवित्तको ६७ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
२२ असार, काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि विभिन्न ११ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ६७ हजार ३५० कित्ता सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र पनौतीमा रहेको संस्थाको केन्द्रीय कार्यालय र नक्सालमा रहेको सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : July 6, 2026 at 10:03 am





