ओशिनिया नेप्लिज स्पोर्ट्स मिट २०२७ का लागि समन्वय समिति घोषणा, यस्तो छ कार्यविभाजन
एडिलेड (साउथ अष्ट्रेलिया) — ओशिनिया क्षेत्रकै बृहत् र प्रतिष्ठित नेपाली खेलकुद महोत्सव ‘७ औँ ओशिनिया नेपलिज स्पोर्ट्स मिट (ONSM) २०२७’ को तयारी औपचारिक रूपमा सुरु भएको छ।
सन् २०२७ मा साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने यस ऐतिहासिक खेलकुद प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नका लागि ‘साउथ अष्ट्रेलिया राज्य समन्वय समिति’ को घोषणा गरिएको छ।
ओशिनिया क्षेत्रभरिका नेपाली खेलाडी र समर्थकहरूलाई एउटै मञ्चमा जोड्ने, मौलिक पहिचानको प्रवर्द्धन गर्ने र साउथ अष्ट्रेलियाको खेल सामर्थ्यलाई प्रदर्शन गर्ने उद्देश्यका साथ समिति गठन गरिएको संयोजक बिजय जोशीले बताउनु भयो ।
ओशिनिया नेप्लिज स्पोर्ट्स मिट २०२७ को मुख्य कार्यसमिति यस प्रकार रहेको छ:
संयोजक : विजय जोशी
सह संयोजक :सन्तोष अधिकारी
कोषाध्यक्ष : दिपेश राज पाण्डे
आर्थिक संयोजक : दिप्सन खड्का, स्पन्सरसिप संयोजक : रेनुका लामा, स्पन्सरसिप सह संयोजक : रुपक बर्तौला, डकुमेन्ट कन्ट्रोलर :नबिन पन्त, मल्टिकल्चरल/कम्युनिटी संयोजक : मञ्जु खड्का, लजिस्टिक संयोजक : सन्तोषी गौतम, कानुनी सल्लाहकार : मोति नराल, सल्लाहकार : सुपक अधिकारी, इभेन्ट म्यानेजमेन्ट संयोजक : पुस्कर कोइराला, आईसीटी सपोर्ट संयोजक : मधुकर पौडेल, सांस्कृतिक संयोजक : सिमा गुरुङ, मेडिकल संयोजक : रक्षा शुक्ला रहेका छन् ।
यसैगरी मिडिया संयोजक : बालगोपाल उपाध्याय, डिजिटल मिडिया/प्रमोशनल संयोजक : सभा डिसी न्यौपाने, खेलकुद संयोजक :थिर गुरुङ, स्वयंसेवक संयोजक : अनुभव अधिकारी रहेका छन् ।
यसैगरी प्रतियोगितामा समावेश गरिएका विभिन्न विधागत खेलहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि विधागत संयोजकहरूको जिम्मेवारी पनि सुम्पिएको छ ।क्रिकेट : बिकास सुवेदी, फुटबल : चिरु श्रेष्ठ, ब्याडमिन्टन : जोभ अधिकारी, टेबलटेनिस : नबिन कडेल, लन टेनिस : नबिन कडेल, बास्केटबल : रोश धमाला, स्विमिङ : हिमाल काण्डेल, गल्फ : बिशाल मान श्रेष्ठ, भलिबल : प्रदिप खत्री, ट्र्याक एण्ड फिल्ड (Track & Field): रमेश राजभण्डारी, जुनियर क्रिकेट : लक्ष्मी सापकोटा
राज्य समन्वय समितिको गठनसँगै यस महोत्सवको एउटा बलियो जग खडा भएको संयोजक बिजय जोशीले बताउनुभयो। आगामी हप्ताहरूमा प्रत्येक विधा अन्तर्गतका बृहत् समन्वय टोलीहरू, खेल विशेषका आयोजक कमिटीहरू, ओएसएनएम २०२७ का स्पोर्ट्स एम्बेसेडरहरू तथा अन्य थप स्वयंसेवकहरूको आधिकारिक घोषणा र परिचय गराइने समेत उहाले बताउनु भयो ।
आफ्नो काँधमा आएको यो गरिमामय जिम्मेवारीलाई स्वीकार गर्दै समुदायको सेवा र खेलकुद विकासका लागि अघि बढ्ने सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै संयोजक जोशीले यस अविस्मरणीय यात्रामा साथ दिन र नयाँ पुस्तालाई प्रेरित गर्न समग्र नेपाली समुदायलाई हार्दिक आह्वान गर्नु भएको छ ।
प्रकाशित मिति : July 5, 2026 at 6:09 pm





