२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

सरकार नागरिकको लाइफभन्दा सामाजिक सञ्जालको लाइकमा बढी केन्द्रित भयोः गगन थापा

२१ असार, काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार नागरिकको ‘लाइफ’ (जीवन) भन्दा सामाजिक सञ्जालको ‘लाइक’ मा बढी केन्द्रित भएको आरोप लगाएका छन्। सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरू भएको समीक्षात्मक कार्यक्रममा धारणा राख्दै सभापति थापाले यस्ताे आरोप लगाएका हुन् ।

सभापति थापाले भूमिहीनको समस्या समाधान गर्नु राज्यको दायित्व भएपनि वैकल्पिक व्यवस्थापनबिना टोल टोलमा डोजर आतंक मच्चाएको समेत आरोप लगाए । थापाले भने, ‘अहिलेको सरकारलाई नागरिकको जीवनमा कस्तो प्रभाव पर्छ भन्ने भन्दा पनि सामाजिक सञ्जालमा कति ‘लाइक’ आउँछ भन्ने कुराले बढी अर्थ राख्न थालेको छ। यो प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताको विषय हो।’ सरकार आफैले ‘१०० कार्यसूची, १०० दिनका उपलब्धि’ भनेर सार्वजनिक गरेकोले केही प्रवृत्तिहरूबारे आफूले धारणा राखेको सभापति थापाको भनाइ छ।

dainiki.com

उनले सरकारले मुलुकका दलित समुदायसँग माफी माग्ने कुरा सकारात्मक रहेको पनि बताए । उनले प्रधानमन्त्री बालेन्द्र साहले सिंहदरबारबाट गर्नुपर्ने शासकीय सुधारका कामहरु सिंहदरबारबाटै सञ्चालन गर्नेकुरा हेर्दा सामान्य भएपनि सकारात्मक संकेत भएको पनि बताए ।

प्रकाशित मिति : July 5, 2026 at 3:24 pm