सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
१९ असार, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
शुक्रबार नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३४५ कम्पनीकाे ४६ हजार २३४ पटकको कारोबारमा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँबराबरको ८५ लाख ८४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेकाे हो। अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक १३.६५ प्रतिशत घटेको छ। यस दिन ४ प्रतिशत एग्रीकल्चरल बण्डको सर्वाधिक काराेबार भएकाे छ। यस दिन कम्पनीकाे ४३ करोड रुपैयाँबराबरको सो बण्ड किनबेच भएको छ।
प्रकाशित मिति : July 3, 2026 at 3:25 pm






