१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

१९ असार, काठमाडाैं। मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले एफपीओ निष्कासनपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले असार ३२ गते, बिहीबार, बिहान १० बजे कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा साधारण सभा डाकेको छ । सभामा एफपीओ निष्कासन गर्ने र कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी प्रक्रिया अघि बढाउने तथा आवश्यक परे प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू राखिएको छ ।

dainiki.com

साधारण सभा प्रयोजनका लागि संस्थाले असार २३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

प्रकाशित मिति : July 3, 2026 at 12:46 pm