१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

अभियान लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

१९ असार, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न लघुवित्तले असार ३० गते, मंगलबार, ताम्राकार पार्टी भेन्यु, पनौती, काभ्रेपलाञ्चोकमा छैटौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

dainiki.com

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार १६ गते एक दिनका लागि बुकक्लोज गरेको छ। यसको अर्थ असार १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित मिति : July 3, 2026 at 10:48 am