माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड
१९ असार, काठमाडाैं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो।
कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।

साे निष्काशनमा २८ लाख ६२ हजार ९०९ जनाले ३ कराेड ६ लाख ५५ हजार ४३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
प्रकाशित मिति : July 3, 2026 at 9:55 am






