१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

८ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

१८ असार, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ।  यस दिन नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३५९ कम्पनीकाे ४३ हजार १३१ पटकको कारोबारमा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँबराबरको ८९ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ कम्पनीकाे सेयर सकारात्मक सर्किट लागेकाे छ छ। यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेकाे हो। एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य यस दिन सर्वाधिक १०.६० प्रतिशत घटेको छ। यस दिन लक्ष्मी सनराइज बैंककाे सर्वाधिक काराेबार भएकाे छ ।  सो बैंकको यस दिन ४१ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : July 2, 2026 at 3:21 pm