नेप्सेमा दुई कम्पनीकाे बोनस सेयर सूचीकृत, कुनकाे कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीकाे बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हाे।
नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनसबापत १ लाख ३४ हजार ५४ दशमलव २५ कित्ता र नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनसबापत ३ लाख ४९ हजार ३७७ कित्ता सेयर सूचीकृत गरिएको हो।
प्रकाशित मिति : July 2, 2026 at 2:35 pm









